September 8, 2026, Tuesday
२०८३ भाद्र २३ मंगलवार

राज्यमन्त्री वलीको घटनाबारे जाँचबुझ गर्न तीन सदस्यीय कार्यदल

बुटवल– लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमलाकुमारी वलीको घटनाबारे जाँचबुझ गर्न तीन सदस्यीय कार्यदल बनाइएको छ । प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले राज्यमन्त्री वली घटनाबारे सत्य तथ्य बुझ्नका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको संयोजकत्वमा ती सदस्यीय कार्यदल बनाएको हो ।

Advertisement

बुधबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले यस्तो निणर्य गरेको हो । जाँचबुझ समितिको सदस्यमा महिला, बालबालिका तथा कानून मन्त्री रमा घर्तीमगर, मुख्य न्यायाधीबक्ता श्रीकृष्ण सुवेदी छन् ।

Advertisement

मंगलबार बिहान राज्यमन्त्री वली दाङको तुलसीपुर उपमहानगरपालिका–५, आलुमण्डीस्थित प्रेमी भनिएका एकराज बस्नेतको घरमा प्रवेश गरी बस्नेतकी पत्नी मिना र उनकी छोरीलाई कुटपिटमा उत्रिएकी थिइन् । त्यसपछि प्रहरीले राज्यमन्त्री वलीलाई नियन्त्रणमा लिएर राति बुटवल पठाएको थियो । वलीले आफू विरामी भएको भन्दै लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत छिन् ।

मन्त्रिपरिषदले राजधानीको जग्गा एकीकरण, नियमावली २०७९, प्रदेश विनियोजन विधेयक प्रदेश सभामा पेश गर्ने स्वीकृत प्रदान गर्ने निर्णय समेत गरेको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०७९–०८० को बजेट स्वीकृतिका लागि स्वीकृत प्रदान गर्ने, प्रदेश सकरार विकास पहिलो संशोधन अध्यादेश–२०७८ प्रतिस्थान विधेयक, आइसोलेन अस्पतालमा सेवा निरन्तर गर्दै त्यहाँ कार्यरत जनशक्ति थप गर्ने निणर्य पनि गरेको छ ।