July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

जिसस प्यूठानमा काँग्रेसका जिसी निर्वाचित

प्यूठान– नेपाली कांग्रेसले प्यूठानमा पहिलोपटक जिल्ला समन्वय समितिको नेतृत्व हात पारेको हो । यहाँ सत्ता साझेदार दलहरुबीच गठबन्धन गर्दै कांग्रेसको नेतृत्वमा समन्वय समिति गठन भएको हो ।

Advertisement

स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, नेकपा एस र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन भएको थियो । सोहीअनुसार जिससमा पनि गठबन्धन बनेको थियो । गठबन्धनबाट कांग्रेसका धरमबहादुर जिसी जिसस प्रमुख बनेका हुन् ।

Advertisement

समन्वय समितिको उपप्रमुखमा गठबन्धनबाट माओवादी केन्द्रकी दुर्गा रेग्मी निर्विरोध निर्वाचित भएकी छन् । चुनावअघि नै गठबन्धनबीच भएको सहमतिअनुसार माओवादी केन्द्र र जनमोर्चाले कांग्रेसलाई एक सदस्यसहित जिल्ला समन्वय समितिको सभापतिमा जिताउने प्रतिबद्धता गरेका थिए । माओवादीका २ जना सदस्य छन् ।

जिल्लाको ९ स्थानीय तहमध्ये ३ वटामा कांग्रेसले प्रमुख जितेको थियो । कांग्रेसले तीन प्रमुखसहित चार उपप्रमुख जितेको छ । माओवादी केन्द्रले तीन पालिका प्रमुख र एक उपप्रमुख जितेको छ । राष्ट्रिय जनमोर्चाले एक पालिका अध्यक्ष र दुई उपाध्यक्ष तथा नेकपा एमालेले दुई पालिका प्रमुख र उपप्रमुख जितेको थियो ।