July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

शिशु हत्या अभियोगमा किशोरी पक्राउ

भैरहवा– दाङमा आफैले जन्माएका शिशुको हत्या आरोपमा एक किशोरी पक्राउ परेकी छन् । राप्ती गाउँपालिकाकी १५ वर्षीयालाई १६ दिनकी छोरीको अत्या आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । चिनजानकै व्यक्तिसित प्रेममा परेकी किशोरी सम्बन्ध झाँगिदैं गएपछि गर्भवती भएको खुलेको छ । प्रहरीका अनुसार गत जेठ ९ गते सन्तान जन्माएकी थिइन् । केही बच्चा हुर्काउने प्रयास गरेको उनले प्रहरीमा बयान दिएकी छन् ।

उनले प्रहरीलाई बताए अनुसार १६ दिनसम्म दुध चुसाउने प्रयास गरेकी थिइन् । बच्चाको पेट भर्ने दुध नआएपछि शिशु रोएकी थिइन । त्यसपछि आवेशमा आएर घरकै शेफ्टी टयांकीमा बच्चा फयाँकेको प्रहरी समक्ष उनले बताएकी छन् । किशोरीकी आमा बोल्न सक्दिनन । उनका बुवा परिवारको सम्पर्कमा छैनन । उनी जेठी सन्तान हुन् । कलिलै भाइबहिनी घरमा छन् ।

प्रहरीका अनुसार बुधबार विहान सेफ्टी ट्यांकीमाशिशुको शव भेटियो । त्यसपछि सेफ्टी ट्यांकीमाफालेर अवैध शिशु हत्या गरेको अभियोगमाकिशोरी आमा बुधबार पक्राउ परिन् । ‘उनले कुनै बेलाबच्चा सुताएर बाहिर निस्केको बेलाअरू कसैले फालिदिएको भन्छिन्, कुनै बेलाआफैंफालेको भन्छिन्,’ जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले भने, ‘हामीले अनुसन्धान गर्दा बच्चा उनी आफैंले फालेको देखिन्छ ।’

Advertisement