देवदह नगरपालिकाको कार्यपालिकामा एमाले-राप्रपा गठबन्धन विजयी


भैरहवा- नगर कार्यपालिका गठनमा रुपन्देहीको देवदह नगरपालिकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बीच गठबन्धन भएको छ । ५ जना महिला सदस्य र दलित तथा अल्पसंख्यकबाट ३ जना गरी ८ जना कार्यपालिका सदस्य चयनका लागि एमाले र राप्रपाबीच गठबन्धन भएको हो ।
सहमति अनुसार एमालेबाट ७ जना र राष्ट्रिय प्रजान्त्र पार्टीबाट १ जना निर्वाचित भएका छन् । महिला सदस्यमा नेकपा एमालेकी गीता भण्डारी, टिकीसरा सुनार, रुपाकुमारी ढुंगाना, लक्ष्मी विक, शान्ता भट्टराई कार्यपालिका सदस्यमा निर्वाचित भए ।
दलित तथा अल्पसंख्यकतर्फ एमालेका कुमार दमाई, गोविन्द पासी र राष्ट्रिय प्रजातन्त्र पार्टीका ओमबहादुर परियार निर्वाचित भएको निर्वाचन अधिकृत विष्णुप्रसाद आचार्यले जानकारी दिए ।
नगरपालिकामा एमालेका ३२ जना, कांग्रेसका २१ जना राष्ट्रिय प्रजातन्त्र पार्टीको ९ जना गरी ६२ जना सदस्य निर्वाचित भएका थिए । देवदहको मेयर र उपमेयर दुबै पद एमालेले जितेको छ । देवदहमा नेपाली कांग्रेस र माओवादीबीच गठबन्धन भएको थियो ।








प्रतिकृया दिनुहोस्