March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

सामुदायिक विद्यालयमा झोला बितरण र पोषणयुक्त गाउँपालिका बनाउने

भैरहवा- रुपन्देहीको ओमसतिया गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष मन्जितकुमार यादव (सोनु) र उपाध्यक्ष सुनिता चौधरीले प्रदभार ग्रहण गरेका छन् । सोमबार पदभार ग्रहण गर्दै अध्यक्ष यादवले शिक्षित र स्वस्थ ओमसतिया गाउँपालिका निर्माण गर्ने प्रतिवद्धता जनाए ।

Advertisement

उनले पहिलो निर्णय नै शिक्षा र स्वास्थमा आधारित रहेर गरेका छन् । पदभार ग्रहण गर्दै उनले दुई वटा निर्णय गरेका छन् । गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने १ देखि ५ कक्षासम्मका विद्यार्थीहरुलाई झोला बितरण र पोषणयुक्त गाउँपालिका बनाउने निर्णय छ ।

Advertisement

यादवले ओमसतियाका आम जनताको हितमा आफूले सधै काम गर्ने बताए । उनले गाउँपालिकालाई शिक्षित र स्वस्थ बनाउनको लागी आफ्नो कार्यकालमा बिभिन्न कार्यक्रम अघि बढाउने जानकारी दिए ।

उपाध्यक्ष सुनिता चौधरीले गाउँपालिकामा रहेर आफूले इमान्दारितापूर्वक जनताको हितमा काम गर्ने बताइन् । उनले ओमसतियामा सबै जनप्रतिनिधि मिलेर काम गर्ने बताइन् ।