अबिर लगानु पूर्व घाइते भेट्न पुगे मेयर खान

- पब्लिक कुरा
- २०७९ जेष्ठ ४
- 49K Shares

भैरहवा- सिद्धार्थनगर नगरपालिका वडा नं. १० मा एमाले उम्मेदवार सुर्जमन अहिर यादब निर्वाचित भएपछि बिजयी उत्सव मनाउने क्रममा मिनी ट्रक दुर्घटना हुँदा घाइते भएकाहरुलाई सिद्धार्थनगरका नवनिर्वाचित मेयर इस्तियाक अहमद खानले भेटेर स्वास्थ्य अबस्थाबारे जानकारी लिएका छन् ।
निर्वाचन परिणाम आउनसाथ उनी भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा पुगेर उपचाररत घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उपचारमा कुनै कसर बाँकी नराख्न अस्पताल प्रशासनलाई आग्रह समेत गरे ।
घाइतेहरुको स्वास्थ्य अवस्थाका बारे जानकारी लिएपछि मात्र खान मतगणनास्थल पुगेकाे नेपाली काङ्ग्रेस सिद्धार्थनगरका सभापति कोशिशबहादुर खड्काले जानकारी दिए। आज भएको दुर्घटनामा २६ जना घाइते भएका थिए ।
- लुम्बिनीको मन्त्रिपरिषद् बैठकबाट आगामी वर्षको नीति तथा कार्यक्रम स्वीकृत
- भैरहवामा आइतबारदेखि माननीय कप क्रिकेट हुँदै, २० टिमले स्पर्धा गर्ने
- बुटवलका चर्चित व्यवसायी खरेल, जो परे राजस्वको फन्दामा
- हाम्रा हिमालले जलवायु परिवर्तनका कारण असाधारण तनाव भोगिरहेका छन्ः परराष्ट्रमन्त्री
- कपिलवस्तुमा कारको ठक्करबाट दुईजनाको मृत्यु
- हुण्डी कारोबारको अभियोगमा भारतीय नागरिकसहित तीनजना पक्राउ
- लुम्बिनी प्रदेश सभाको तेस्रो बैठक बस्दै
- राज्य निर्माणमा मुस्लिम समुदायको महत्त्वपूर्ण योगदानः राष्ट्रपति
- लुम्बिनीमा पहिलोपटक पुरातात्विक वस्तुको संरक्षण प्रयोगशाला
- एमआरपी लेबलको अनिवार्य प्रावधान व्यवहारिक छैनः सिउबासंघ
प्रतिकृया दिनुहोस्