March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

प्यूठानको झिम्रुकको अध्यक्षमा माओवादी निर्वाचित

प्यूठान- प्यूठानको झिम्रुक गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका पितबहादुर महतरा क्षेत्री निर्वाचित भएका छन् ।

माओवादी-नेपाली कांग्रेसको गठबन्धनबाट उम्मेदवार बनेका क्षेत्री ५ हजार ९२९ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्दी राष्ट्रिय जनमोर्चाका टिकाबहादुर जिसीले ५ हजार ६९६ मत ल्याए ।

उपाध्यक्षमा कांग्रेसका प्रमोद पोखरेल विजयी भएका छन् । उनले ६ हजार ४१९ मत प्राप्त गर्दा नेकपा एमालेका विष्‍णु घर्ती मगरले ४ हजार ५६२ मत ल्याएर दोस्रो भइन् । झिम्रुक नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहको गृह पालिका हो ।

Advertisement