July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

राप्ती-८ मा एमालेका गुरूङ विजयी

दाङ – राप्ती गाउँपालिकामा नेकपा एमालेले खाता खोलेको छ। राप्ती गाउँपालिका वडा नम्बर ८ मा नेकपा एमाले का चन्द्रबहादुर गुरूङ १३४ मतान्तरले विजयी भएका छन्।

Advertisement

उनले कुल ९५० मत ल्याएका छन्। नेपाली कांग्रेसका प्रभावकरदेव चौधरीले ८१६, नेकपा माओवादी केन्द्रका रामचन्द्र चौधरी २०६ मत प्राप्त गरेका छन्।

Advertisement

यो वडानमा ३५१२ मतदाता थिए। जसमध्ये २३५० मात्रै मत खसेको थियो। २४५५ मत सदर भएको छ। यो वडामा ९८ मत बदर भएको छ।

वडामा एमालेको प्यानल विजयी भएको छ। महिला सदस्यमा चम्फा पुन ८९७, दलित महिला सदस्य भानु विक ८६८, सदस्यमा दयाराम चौधरी ८५६, सदस्यमा सुन्दरबहादुर शाही ७९७ मत प्राप्त गरी विजयी भएका छन्।

यो वडामा २०७४ को निर्वाचनमा एमालेले जितेको थियो।