May 19, 2022, Thursday
५ जेष्ठ २०७९, बिहीबार

तिलत्तोमाबाट चित्रबहादुर केसीले पनि गरे मतदान

तिलोत्तमा– रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि मतदान गरेका छन् ।

अध्यक्ष केसीले तिलोत्तमा–८ मा रहेको ज्योति आधारभूत स्कुलको केन्द्रबाट मतदान गरेका हुन् । उनले बिहान करिब ८ बजे मदतान गरेका थिए ।

यही केन्द्रबाट गृहमन्त्री बालकृष्ण खाँणले पनि बिहान सवा ७ बजे मतदान गरेका थिए ।

Advertisement