April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

पूर्वसभामुख घर्ती र माओवादी नेता पुनले गरे मतदान

पूर्वसभामुख एवं माओवादी नेतृ ओनसरी घर्ती र नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले गृहजिल्ला रोल्पा नगरपालिका–७ माडीचौरस्थित बालउदय मावि केन्द्रबाट मतदान गरेका हुन् ।

Advertisement

मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै नेता पुनले निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा आफूलाई मन पर्ने उम्मेदवारलाई मतदान गर्न आग्रह गरे ।

Advertisement

निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न आफ्नो दलका तर्फबाट सबै प्रकारको सहयोग गर्न तयार रहेको उनले बताए ।

रोल्पामा रोल्पा नगरपालिकासहित १० स्थानीय तह छन् । माओवादी केन्द्र एक्लै तथा नेपाली कांग्रेस, नेकपा एमाले, विप्लव नेतृत्वको नेकपा र राप्रपाले चुनावी गठबन्धन गरेका छन् ।