May 16, 2022, Monday
२ जेष्ठ २०७९, सोमबार

थवाङमा १०१ वर्षीया घर्तीनीले गरिन् मतदान

रोल्पा– यहाँ १०१ वर्षीया बृद्धले मतदान गरेकी छन् । रोल्पाको थवाङकी पुणी घर्तीनीले मतदान गरेकी हुन् । घर्तीले थवाङ गाउँपालिका–१ को मतदान केन्द्रबाट मतदान गरेकी हुन् ।

हिँडडुल गर्न नसक्ने पुणीलाई विप्लव नेतृत्वको नेकपाका पूर्व केन्द्रीय सदस्य सम्झना घर्तीमगरले बोकेर मतदान केन्द्रसम्म लगेकी थिइन् । पुणी माओवादी सशस्त्र युद्धमा मारिएका तेजमान घर्तीमगरकी आमा हुन् ।

निर्वाचनको बेला सधैं चर्चामा आउने थवाङमा यस पटक शान्तिपूर्ण तरिकाले मतदान भइरहेको छ । थवाङमा नेकपा माओवादी केन्द्रविरुद्ध कांग्रेस–एमाले र स्वतन्त्रको गठबन्धन छ । स्वतन्त्रलाई विप्लव नेतृत्वको नेकपाले समर्थन गरेको छ ।

Advertisement