March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

बुटवल बमकाण्डमा संलग्नता पुष्टि नभएपछि प्रहरीले छाड्यो धर्मेन्द्र वास्तोलालाई

दाङ– प्रहरी नियन्त्रणमा रहेका नेकपा बहुमत पार्टीका केन्द्रीय अध्यक्ष धर्मेन्द्र वास्तोलासहित ३ जनालाई छाडिएको छ । पोखराबाट नेपालगन्ज जाने क्रममा दाङको भालुबाङ्गबाट सोधपुछको लागि भन्दै दाङ प्रहरीले नियन्त्रणमा लिएको थियो ।

Advertisement

बुटवलमा भएको बम विस्फोटमा नेकपा बहुमत पार्टीको संलग्नताको आशंकामा सोधपुछका लागि प्रहरीले उनीहरूलाई निगरानीमा राखेको थियो। प्रहरी सोधपुछपश्चात् लिखित कागज गरेर छोडेको बताएको छ।

Advertisement

‘लिखित कागजपछि छोडियो। निर्वाचनलक्षित केही प्रश्नहरू सोधिएका थिए। सारमा निर्वाचन नबिथोल्ने कागजमा उल्लेख छ’, स्रोतले भन्यो, ‘बुटवल बमकाण्डमा पनि संलग्नता देखिएन। माथिल्लो आदेशमा उहाँहरूलाई छाडियो।’

अहिले उनीहरू कोहलपुरका लागि अघि बढेका छन्। नेत्र विक्रम चन्द विप्लवले निर्वाचन रोजेपछि वास्तोलाले अलग पार्टी घोषणा गरेर निर्वाचन बहिस्कार अभियान रहेको सार्वजनिक भनाइ राखेका थिए।