May 19, 2022, Thursday
५ जेष्ठ २०७९, बिहीबार

मतदान गर्न मतदाता नामावलीमा नाम हुनैपर्ने

निर्वाचन आयोगले मतदानका लागि मतदाता नामावलीमा नाम अनिवार्य हुनु पर्ने जनाएको छ । नामावलीमा नाम दर्ता भएको खण्डमा मात्रै परिचय खुल्ने सरकारी कागजातका आधारमा मतदान गर्न पाइने आयोगले स्पष्ट पारेको छ । 

सरकारी कागजात हुँदैमा मतदान गर्न पाइनेभन्ने सूचना गएको भन्दै आयोगले मतदाता नामावलीमा नाम भए मात्रै परिचय खुल्ने सरकारी कागजात देखाएर मतदान गर्न सकिने आयोगले जनाएको छ । 

आयोगले प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी अथवा जग्गाधनी प्रमाणपूर्जाको सक्कल प्रमाणका आधारमा मतदान गर्ने व्यवस्था मिलाएको छ । 

Advertisement