May 19, 2022, Thursday
५ जेष्ठ २०७९, बिहीबार

कपिलवस्तुको महाराजगंज र तुलसीपुर–१७ मा आज मनोनयन दर्ता हुँदै

भैरहवा– काँग्रेसबाट कपिलवस्तुको महाराजगंज नगरपालिकाकी उपमेयर पदकी उम्मेदवार सुभावती कुर्मीको मृत्यु भए पछि आज मनोनयन गरिँदै छ । सोमबार राति १ बजे उनको मृत्यु भएको थियो । उनको मृत्युपछि मनोनयन आज हुन लागेको हो ।

Advertisement

मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माले निर्वाचन आयोगको निर्देशन अनुसार आज मनोनयन गर्न लागिएको बताए । काँग्रेसले कुर्मीको ठाउँमा अन्य उम्मेदवारकोे मनोनयन गर्ने छ ।

यस्तै, दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १७ का नेकपा (एमाले)को तर्फबाट वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको मृत्यु भएपछि अर्को उम्मेदवार मनोनयनका लागि आजको समय तोकिएको छ । एमालेका लागि मात्रै बुधबार बिहान १० देखि १ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको तुलसीपुर उपमहानगरपालिकाका निर्वाचन अधिकृत रामेश्वर अर्यालले बताए ।

बिहीबार बेलुका ५ बजेसम्म दáै उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने भएको छ । महारजगंगज र वडा नं १७ को हकमा वैशाख ३१ गतेदेखि मौन अवधि सुरु हुने छ भने वैशाख ३१ गते मध्यरातिसम्म प्रचार प्रसार गर्न पाइने छ । त्यसपछि मौन अवधि सुरु हुनेछ । त्यस्तै जेठ ३ गते मतदानको समय तोकिएको छ ।