July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

निर्वाचित भए जनमुक्ति पार्टीका जनप्रतिनिधिले पारिश्रमिक र भत्ता नलिने

भैरहवा– राष्ट्रिय जनमुक्ति पार्टी सिद्धार्थनगरका उम्मेदवारहरुले निर्वाचित भएपछि कुनै किसिमको पारिश्रमिक र भत्ता नलिने घोषणा गरेका छन् । सोमवार भैरहवामा आयोजित घोषणा पत्र सार्वजनिक कार्यक्रममा उनीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

Advertisement

नगरपालिकाका प्रमुख, उपप्रमुखसहित आठवटा वडा अध्यक्ष पदमा राष्ट्रिय जनमुक्ति पार्टीले उमेदवारी दिएको छ । ‘हामी सबैले कुनै पनि पारिश्रमिक लिँदैनौं, जनताको सेवक भएर काम गर्छौं’, मेयर उम्मेदवार हसनरजा मुसलमान (टिुपु सुल्तान)ले भने, ‘सबै सुविधा शिक्षा क्षेत्रको विकासमा लगाउनेछौं ।’

Advertisement

घोषणपत्र सार्वजनिक गर्दै पार्टीका संघिय परिषद् सचिव मोजिव अलिले आफ्नो पार्टीबाट उम्मेदवारी सिदएका कुनै पनि उमेदवार निर्बाचनमा निर्बाचित भएको खण्डमा तलव भत्ता नलिने र गरिव वालवालिकाको शिक्षामा लगानी गर्ने बताए । ‘राज्यको तर्फबाट जनप्रतिनिधिलाई उपलब्ध हुने अन्य सेवासुबिधाको हकमा पनि निर्बाचन पछिको पार्टीको पहिलो बैठकले टुंगो लगाउने छ’, अलिले भने ।

अलीको भनाइलाई नगरपालिकाको प्रमुख, उपप्रमुख र वडा अध्यक्ष पदमा उमेदवारी दिएका उमेदवारले पनि सहमती जनाउँदै पारिश्रमिक नलिने घोष्णा गरेका थिए । निर्बाचनका वेला गरिएको प्रतिबद्धता अनुसार आफ्नो कार्यकाल अवधिमा नगरिएमा हरेक मतदाता तथा नगरवासीलाई जनप्रतिनिधिबिरुद्ध अदालतमा जाने अधिकार रहेको कुरा घोषणापत्रमा उल्लेख छ ।

उक्त पार्टीको ४० बुंदे घोषणापत्रमा आवास बिहीन गरिवका लागि निःशुल्क मेयर आवास योजना, आत्मनिर्भर पर्यटन युवा स्वरोजगार, निःशुल्क शौचालय सफाइ, गरिवका लागि कपडा र खानाको बैंक स्थपना, बृक्षारोपण हरियाली, शिक्षा, स्वास्थ्य, कृषि, पार्किङ, विभिन्न करमा छुटको व्यवस्था, खानेपानी, निःशुल्क एम्बुलेन्स लगायतका विषयलाई समेटिएको छ ।