July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

जिप दुर्घटना हुँदा पाल्पामा एकजनाको मृत्यु, दुई घाइते

पाल्पा– जिप दुर्घटना हुँदा पाल्पामा एकजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्। पाल्पाको तिनाउ गाउँपालिका–५, चरचरेस्थित सिद्धार्थ राजमार्गमा दुर्घटना भएको हो ।

Advertisement

बुटबलबाट रामपुरतर्फ आउँदै गरेको लु १ च ७७८० नम्बरको जिप दुर्घटना हुँदा सवारीधनी रामपुर नगरपालिका–३ का ४३ वर्षीय सूर्यप्रसाद श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए ।

Advertisement

प्रहरीका अनुसार श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा निस्दी गाउँपालिका–४ का चालक २७ वर्षीय खेमबहादुर खाम्चा र रामपुर नगरपालिका–३ का ४६ वर्षीय टुकनारायण श्रेष्ठ घाइते भएका छन्।

श्रेष्ठको अवस्था गम्भीर छ भने खाम्चाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घाइते दुवैको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ। जिप सडकमा अनियन्त्रित भई करिब ३०० मिटर तल खसेको थियो ।