May 29, 2022, Sunday
१५ जेष्ठ २०७९, आईतवार

घर-घरमा मतदाता शिक्षा

पाल्पा– नेपाली कांग्रेस पाल्पाले मतदाता शिक्षालाई प्रभावकारी रुपमा अगाडि बढाएको छ । निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगर्ने भएपछि जनताको घरदैलोमा पुगेर मतदाता शिक्षा प्रदान गरिएको बगनाशकाली गाउँपालिका नेपाली कांग्रेसकी उम्मेदवार सुनिता अधिकारीले बताइन् ।

बगनाशकाली गाउँपालिका वडा नं. नं. ९ का कांग्रेसका उम्मेदवार थानेश्वर तिमिल्सिनाले जनतालाई स्पष्ट पार्न घरदैलोमै नमूना मतपत्र पुर्याएर अभ्यास गराएको बताए । ‘मतदाताहरुको घरमा उम्मेदवार नै प्रत्यक्ष पुगेर उहाँका अप्ठ्यारा समेत बुझेर मतदाता शिक्षा प्रदान गरिरहनुभएको छ’, उनले भने । रम्भा गाउँपालिकामा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका बिष्णु थापाले जनताहरुलाइ एकमुष्ठ रुपमा टोटोलमा पुगेर मतदाता शिक्षाका कार्यक्रम सञ्चालन गरिएको जनाए ।

यता रिब्दिकोटको ठिमुरेमा गठबन्धनले कोणसभा सम्पन्न गरेको छ । स्थानीय निर्वाचन नजिकै आउनै लाग्दा रिब्दिकोटमा गठबन्धनले चुनावी अभियानलाई तीव्रता दिएको हो । बुधबार रिब्दिकोट ६ ठिमुरेको पोरक्नी बर्घा घोर्लिखर्कमा चुनावी कोणसभा सम्पन्न गरेको छ । कार्यक्रम नेपाली काङ्ग्रेस पूर्ब केन्द्रिय सदस्य हरिप्रसाद नेपालले प्रतिगामी शक्ति विरुद्ध गठबन्धन भएको बताउदै रिब्दिकोटमा सधै एमालेको शासन भएकाले त्यसलाइ तोड्ने गतिलो अबसर आएको बताए ।

Advertisement