September 8, 2026, Tuesday
२०८३ भाद्र २३ मंगलवार

माओवादी केन्द्र, एमाले, कांग्रेस र एकीकृत समाजवादीका कार्यकर्ताबीच रोल्पामा झडप

रोल्पा– नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच रोल्पाको माडी गाउँपालिका–३, तालाबाङमा झडप भएको छ। तालाबाङ बजारमा चुनावी सभा सकेर फर्कने क्रममा झडप भएको हो।

Advertisement

गए राति भएको झडपमा परेर कांग्रेसका वडाध्यक्षका उम्मेदवार मीनबहादुर डाँगी घाइेत भएको प्रहरीले जनाएको छ । डाँगीलाई रड प्रहार गरी सख्त घाइते बनाएको कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति गोपाल घर्तीले बताए। उनलाई उपचारका लागि दाङ लगिएको काँग्रेसले बताएको छ ।

Advertisement

झडप लगत्तै प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थमन जिसीले बताए । ‘अहिले यहाँको अवस्था सामान्य छ’, उनले भने। बाटोमा डाँगी चढेको गाडी नियन्त्रमा लिएर उनीमाथि आक्रमण गरिएको घर्तीको आरोप छ। आफ्ना कार्यकर्तामाथि आक्रमण भएपछि प्रतिकार गरेको माओवादी केन्द्रका माडी गाउँपालिका सचिव वीरबहादुर घर्तीले जनाए ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि माडी गाउँपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तथा कांग्रेस र एमालेबीच छुट्टाछुट्टै चुनावी तालमेल भएको छ ।