भ्रष्टाचारलाई शुन्यमा झार्छु : खान
भैरहवा– नेपाली कांग्रेस तथा गठबन्धनका तर्फबाट सिद्धार्थनगर नगरपालिकाका मेयर पदका उम्मेदवार इस्तियाक अहमद खानले नगरमा भ्रष्टाचार शुन्यमा झार्ने अठोट व्यक्त गरेका छन् । नगरको बिकासमा भ्रष्टाचार वाधक भएको बताउँदै उनले यस्तो अठोट लिएका हुन् ।
भ्रष्टाचारबिरुद्ध शुन्य सहनसिलता अवलम्बन गरी सेवालाई चुस्तदुुरुस्त पारिने उनले बताए् । नगरपालिका कार्यालयलाई सेवाग्राही मैत्री बनाई नगरबाट दिइने सेवा प्रभावलाई चुस्त पारिने खानले बताए । बुधबार घरदैलोको क्रममा बडा नं ७ र १२ का मतदाताहरुसँग आफ्नो प्रतिबद्धता जाहेर गर्दै आफू निर्वाचित भएको छ महिना भित्र नगरपालिकाको दिर्घकालीन योजना बनाएर कार्यान्वयन गर्ने समेत बताए ।
उनले सेवाग्राहीका गुनासो सम्वोधनका लागि सवै वडामा गुनासा पेटिका राखी सो को कार्यान्वयन गर्ने बताए । संविधान सभा सदस्य समेत रहेका मेयरका उम्मेदवार खानले आधुनिक प्रविधियुक्त अभिलेखहरु सजिलै उपलब्ध हुने गरी ब्यवस्थित गरिने बताए । उनले नगरभित्रका सामुदायिक विद्यालयमा पठन–पाठन गर्ने मावि तहसम्मका विद्यालयमा कुनै पनि प्रकारको शुल्क नलिई निःशुुल्क शिक्षालाई ब्यबहारिक रुपमा लागुु गर्ने प्रतिबद्धता समेत मतदातासमक्ष राखेका छन् ।
त्यस्तै सामुदायिक विद्यालयको गुणस्तर बृद्धिका लागि समेत आवश्यक तालीम, शैक्षिक सामाग्रीको ब्यबस्थापन गर्ने समेत उनले बताए । उनले अध्यनसँगै स्व–आर्जनका लागि नगरस्तरीय प्राविधिक क्याम्पस संचालन गर्ने उद्घोष गरेका छन् । उनले उच्च शिक्षा अध्यनका लागी गरिव, पिछडा बर्ग तथा अल्पसङ्ख्यक समूहमा रहेका छात्राछात्रलाई छात्रबृत्तिको ब्यबस्था गर्ने र बिशेष क्षमता भएका विद्यार्थीहरुलाई बिशेष अध्ययनको ब्यबस्था गरिने समेत बताए ।
उनले स्वास्थ्य जीवनका लागि आवश्यक ब्यायाम स्थलको ब्यबस्थापन, सवै वडाहरुमा रहेका स्वास्थ्य चौकीको गुणस्तर बृद्धि गर्ने, प्रतयेक वडामा सुलभ औषधि पसल संचालन गर्ने समेत बताए । त्यस्तै उपमेयर पदका उम्मेदवार माओबादी केन्द्रकी नेतृ कमला थापाले वेरोजगार तथा सीपबिहीन युवाका लागि सिपमूलक तालीम केन्द्र स्थापना गरिने बताइन् ।
प्रतिकृया दिनुहोस्