April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

राप्रपाद्वारा घरदैलोलाई तीव्रता

भैरहवा– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट सिद्धार्थनगर नगरपालिका प्रमुखका उम्मेदवार सागरप्रताप राणा, उपप्रमुखका उम्मेदवार विनिता गुप्ता तथा १३ वटै वडाअध्यक्ष तथा सदस्यका उम्मेदवारहरुले अहिले घरदैलो गर्दै मतदातासँग भेटघाटलाई तीव्रता दिएका छन् ।

Advertisement

घरदैलोमा पुग्दा यसपटक राप्रपालाई मतदान गरी जिताउने आफूहरुको चाहना रहेको मतदाताबाट प्रतिक्रिया आइरहेको पार्टीका रुपन्देही जिल्ला उपाध्यक्ष तथा जिल्ला निर्वाचन परिचालन समितिका संयोजक अजय कुमार गुप्ताले बताए ।

Advertisement

राप्रपाका उम्मेदवारहरु सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ स्थित पिपरहियामा घरदैलो कार्यक्रम गरेका छन् यस्तै, सिद्धार्थनगर नगरपालिका–११ स्थित सिसवामा राप्रपाका मेयर, उपमेयर तथा वडाअध्यक्ष गणेश यादव र वडासदस्यहरु घरघरमा पुगेका छन् ।

उनीहरुले सिद्धार्थनगरको समग्र विकासका लागि राप्रपालाई अत्याधिक मतका साथ जिताउन आग्रह गरेका थिए । स्थानीय तहको निर्वाचन नजिक गर्दा उक्त पार्टीले घरदैलो कार्यक्रमलाई तीव्रता दिएको छ ।