May 19, 2022, Thursday
५ जेष्ठ २०७९, बिहीबार

सिद्धार्थनगरलाई ग्रिन र क्लिन बनाउन मेरो प्राथमिकता रहन्छ : खान

भैरहवा– नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका संयुक्त उम्मेदवार इस्तियाक अहमद खानले भैरहवालाई ग्रिन र क्लिन शहर बनाउन प्राथमिकता दिने बताएका छन् । भैरहवा मर्निङवाक गु्रपले सोमबार भैरहवामा आयोजना गरेको अन्तरक्रियामा खानले भने, ‘नगरलाई हरियाली, सुुन्दर, सफा सहर बनाउन मेरो उम्मेदवारी हो ।’

Advertisement

गठबन्धनका तर्फबाट काँग्रेसका नेता सिद्धार्थनगरको उम्ेमदवार छन् । अन्तरक्रियामा बोल्दै खानले नगरको समस्या छाडा चौपायाहरुको ब्यवस्थापन पनि रहेको जनाउँदै यसका लािग आफू लाग्ने बताए । उनले भने, ‘छाडा चौपाया व्यवस्थापन गर्न कांजीहाउसको निर्माण गरिनेछ ।’

यस्तै, सिद्धार्थनगर वडा नं. ५ मा घरदैलोको क्रममा उनले आफ्नो भावी योजना सुनाउँदै नगरलाई पर्यटन क्षेत्रसंग जोडेर विकास निर्माणका योजना संचालन गर्ने बताए । ‘नगरलाई सफा, सुन्दर बातावरणमैत्री र उपचारसहितको बनष्पती उद्यान बनाउने छु’, खानले भने, ‘बिदेशी र स्वदेशी विभिन्न दातृ संस्था खोजेर नगरमा रिंगरोड तयार गर्नेछु ।’

जहाँ रिंगरोडसंगै पानीसहितको नहरमा बोटिङ संचालन गरेर स्वदेशी र बिदेशी पर्यटकलाई आकर्षित गरिने उनले बताए । उनले प्लाष्टिक मुक्त नगर, फोहरमैलाको स्थायी व्यवस्थापन, ढल नाली सफाई, नगरमा विभिन्न जाती तथा संस्कृतिको संरक्षण तथा प्रबद्र्धनका लागि पालैपालो दैनिक जातीय सांस्कृतिक प्रर्दशन, शिपयुक्त श्रमिकको उत्पादन, नवजात शिसुुलाई बिमाको व्यवस्था र बिशेष कार्यक्रम ल्याएर सडक बालवालिकामुक्त सडक नगर बनाइने बताए ।

त्यस्तै उनले स्थानीयकला र संस्कृति झल्किने गरि दैनिक कार्यक्रमको आयोजना गरिने समेत बताए । भैरहवामा अन्तर्राष्ट्रिय बिमानस्थलको सञ्चालनसंगै पर्यटकलाई नगरमा टिकाउन यो कार्यक्रमले सहयोग गर्ने उनको विश्वास रहेको छ । यसको साथै सातामा एक पटक बेलहिया हुँदै भित्रिने पर्यटकलाई फुलद्वारा स्वागत गरिने योजना उनले सुनाए । यस अतिरिक्त बुद्धभत्ता घरघरमै, बालिकाबिमा, वडा वडामा सार्वजनिक शौचालय, स्वच्छ खानेपानी, कृषकहरुलाई मलखाद, बिउउजिनको ब्यवस्थालगायतको योजनाहरु उनले सुनाए ।

उपमेयरकी उम्मेदवार कमला थापाले आफूहरुसँग नगरको बिकास गर्ने स्पष्ट योजना रहेको बताइन् । उनले बिजयी भएमा गठबन्धनका नेता, कार्याकर्ता तथा आकांक्षीहरुसँग सुुझाव, सल्लाह र सहकार्य गरी आफूहरुले जनाएका प्रतिबद्धता पुुरा गर्ने बताइन् । प्रतिगमनलाई पराजीत गर्न गठबन्धन गर्नुु परेको भन्दै उनले कांग्रेस र माओबादीका कार्याकताहरुलाई समेत इमान्दार भएर चुुनावी अभियानमा लाग्न आग्रह गरिन् ।