May 29, 2022, Sunday
१५ जेष्ठ २०७९, आईतवार

एमाले देवदहको जोड : सडक पूर्वधार र सिंचाई

देवदह– नेकपा एमाले देवदह नगर कमिटीले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । प्रतिबद्धता भएका कार्यक्रमहरु कार्यान्वयनका लागि एमालेका उम्मेदवारहरुलाई मत दिन भन्दै एमालेले घरदैलो गरिरहेको छ ।

Advertisement

देवदहमा एमालेबाट नगरप्रमुख पदमा धुब्र खरेल र उपप्रमुखमा विद्यालक्ष्मी गुरुङ उम्मेदवार छन् । १४ पृष्ठ लामो प्रतिबद्धता पत्रमा कृषि, रोजगारी, पर्यटन, शिक्षा, सडक पूर्वधार, सिंचाई, स्वास्थ्य, भाषा साहित्य, वन तथा बातावरण, न्याय समान्त, खेलकुद, खानेपानी, ढल निकास, बैकल्पिक उर्जा, भूमि, शान्ति सुरक्षा, सञ्चार, विपत्त व्यवस्थापन, फोहोरमैला, राजश्व कर व्यवस्था, शुसासन लगाएतका विषयहरु समाबेश छन् ।

एक विद्यालयमा एक स्वास्थ्यकर्मीको व्यवस्था मिलाउन संघ प्रदेश सरकारसंग समन्वय गरी विद्यालयमा स्वास्थ्यकर्मीको व्यवस्था मिलाउने नयाँ योजना अघि सारिएको नगर प्रमुखका उम्मेदवार धुब्र खरेलले बताए । उनले एक शिक्षक एक ल्यावटप, विपन्न विद्यार्थीलाई शिक्षाका लागि साईकल कार्यक्रम लागु गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । शिक्षाको गुणस्तर बृद्धि, दरबन्दी मिलान, भौतिक पुर्वधारको विकास र कुल बजेटको २० प्रतिशत बजेट शिक्षा क्षेत्रमा विनियोजन गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ ।

यसैगरी प्रतिबद्धता पत्रमा ५ बर्ष भित्र कुपोषिण रहित नगरपालिका बनाउने उल्लेख छ । आयुर्वेदिक औषधय स्थापना, एकिकृत कृषि बजार केन्द्रको स्थापना, खण्डीकरण भएका कृषि योग्य जमिनलाई सहकार्यका आधारमा चक्लाबन्दी गरी उत्पादनमा जोडिन प्रोत्साहन गर्ने कार्यक्रम पनि एमालेले प्रतिबद्धता पत्रमा जनाएको छ । ‘कृषिलाई व्यवसायीकरण गराउने यो चक्लाबन्दी योजना अघि बढाएका हौ । यसले कृषि उत्पादनमा महत्वपूर्ण टेवा पुग्छ’, खरेलले भने ।

उनले भूमिगत सिंचाई प्रणालीलाई व्यवस्थित गर्ने, पशु कृषि विमामा अनुदान जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेको उनले बताए । उनले देवदह भित्रका भित्री सडकको स्तरउन्नती, ममर्तका साथै पुल निर्माण गर्ने योजना आफुहरुको रहेको बताए । देवदहमा प्रज्ञा प्रतिष्ठान स्थापना, पुरातात्विक क्षेत्र पहिचान गरी उत्खनन्, पर्यटन गुरुयोजना तयार, बृद्ध भत्ता घरघरमा, खेलकुदको समग्र विकास, सवै घरमा सुभल स्वच्छ खानेपानीका योजना पनि आफूहरुले अघि बढाएको उनले बताए । उपप्रमुखकी उम्मेदवार विद्यालक्ष्मी गुरुङले ५ बर्षमा सिकेको अनुभवलाई दिगो बनाउने र थप विकासका आयोजनाहरु अघि बढाउन उम्मेदवार दिएको भन्दै शुसासन र समृद्धको आधार तय गर्न आफुहरु निर्वाचनमा लागेको बताइन् ।