May 19, 2022, Thursday
५ जेष्ठ २०७९, बिहीबार

६ जनालाई एमालेले गर्‍यो पार्टीबाट निष्कासन

भैरहवा- नेकपा एमालेले लुम्बिनी प्रदेश कमिटीका ६ जना सदस्यलाई निष्कासन गरेको छ । पार्टी निर्णयविपरित लागेको भन्दै उनीहरुलाई एमालेले निष्कासन गरेको हो । आगामी स्थानीय तहको निर्वाचनका क्रममा केहीले स्वतन्त्र उम्मेदवारी दिएको र केही पार्टी निर्णयविरुद्ध लागेको भन्दै सो पार्टीले प्रदेश कमिटीका ६ जनालाई कारबाही गरेको सोमबार विज्ञप्तीमार्फत् जानकारी दिएको छ ।

Advertisement

यसरी निष्कासित हुनेहरूमा प्यूठानका टिकाबहादुर गुरुंग, रुपन्देहीका सञ्जयकुमार गुप्ता र बाबुलाल यादव, कपिलवस्तुका कुमार मधु बेलबासे, पाल्पाका रामबहादुर रावल र दिनेश रावल, छन् ।

एमाले लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कंडेलले सोमबार विज्ञप्ति जारी गरी ६ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको बताएका हुन् ।

पार्टीमा देखिएको अनुशासनहीनता क्षम्य हुन नसक्ने भन्दै सिंगो पार्टीपंक्ति चुनावी अभियानमा होमिएको बेला एकतावद्ध भएर निर्वाचनमा लाग्न आग्रह गरिएको छ ।