गठबन्धनका उम्मेदवारलाई टोल–टोलमा स्वागत
भैरहवा– सिद्धार्थनगर नगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनले सुुरु गरेको घरदैलोमा सर्वसाधरणको उत्साहपूर्ण सहभागिता देखिएको छ । गठबन्धनका उम्मेदवार टोलमा पुुगेपछि मतदाताले घरघरमा फुल मालाले स्वागत गरिरहेको काँग्रेस सिद्धार्थनगर सभापति कोशिषबहादुर खड्काले बताए ।
‘गठबन्धनको घरदैलोमा टोलटोलबाट सर्वसाधरण स्वस्स्फुर्त सहभागिता हुन थालेका छन्’, खड्काले भने, ‘उम्मेदवार र घरदैलोमा सहभागीलाई टिकामाला लगाएर जीतको शुभकामना दिन थालेका छन् । आफ्नो घरमा आएका उम्मेदवार र कार्यकर्तालाई स्वागत गरेपछि सर्वसाधरण आफै घरदैलोमा सहभागी हुने गरेका छन् । यसले गठबन्धनको पक्षमा उत्साह पूर्ण माहोल बन्दै गएको छ ।’
गठबन्धनले आइतबार सिद्धार्थनगर–३ मा घरदैलो गरेको थियो । घरदैलोमा मेयर (प्रमुख) पदका उम्मेदवार इस्तियाक अहमद खान र उपमेयर (उपप्रमुख) पदकी उम्मेदवार कमला थापा, वडाध्यक्षका उम्मेदवार धर्मवीर शर्मासहित सयौं समर्थकको सहभागिता थियो । समर्थकले उम्मेदवारलाई फूलमाला र ताली बजाएर स्वागत गरेका थिए ।
उम्मेदवार पुुगेपछि दुुबै दलका कार्यकर्तासंगै स्थानीय बासिन्दाले उम्मेदवारको पक्षमा नाराबाजी गरेका थिए । लगत्तै उम्मेदवार र समर्थकले घरदैलो सुरुवात गरेका थिए । त्यस क्रममा प्रमुख र उपप्रमुख पदका उम्मेदवारले स्थानीय बासिन्दाका समस्याबारे प्रत्येक घरमा पुुगेर जानकारी बटुलेका थिए ।
‘प्रत्येक घरका समस्या नोट गरेको छुु,’ मेयरका उम्मेदवार खानले भने, ‘चुनाव जितेपछि समस्या हल गर्न यसैगरि घरदैलो गर्नेछु । पूरा गर्न नसकिने वाचा भन्दा मतदाताको दैनिक जीवनमा परिवर्तन ल्याउन तत्काल आवश्यक समस्यालाई सम्बोधन गर्न लागिपर्ने छु ।’ उपमेयरकी उम्मेदवार कमला थापाले स्थानीय महिलाका समस्यालाई विशेष ध्यान दिइरहेको बताइन । घरघरै पुुगेर महिलाका समस्या बुुझिरहेको उनले बताइन । म महिलाका समस्या समाधान गर्न लागि पर्नेछुु, उनले भनिन, अहिले गरेका वाचा पछि भुल्ने छैन । वडाका प्रत्येक घरमा पुगेर महिलासित समस्या बारे बुुझिरहेको बताइन् ।
प्रतिकृया दिनुहोस्