September 8, 2026, Tuesday
२०८३ भाद्र २३ मंगलवार

गुरुङ भन्छन्, ‘बुटवलबासी हुँ भन्दा गर्व गर्ने बनाउँछु’

बुटवल– बुटवल उपमहानगरपालिकाका उपमेयरका उम्मेद्वार चिनबहादुर गुरुङले मतदाताहरुमाझ बुटवलबासी हुुँ भन्दा गर्वगर्न लायक बनाउने प्रतिबद्धता जनाएका छन् । पाँच दलीय गठबन्धनका तर्फबाट बुटवलको उपमेयर उम्मेदवार बनेका उनले बुटवलको मुख्य सडकको अस्तव्यस्तता, भित्री सडकको व्यवस्थापन गर्दै सुन्दर र व्यवस्थित बुुटवल बनाउने मतदाताहरुलाई विश्वास दिलाएका छन् ।

Advertisement

पछिल्लो पाँच वर्षमा सडक निर्माणमा स्थानीय सरकारले चासो दिन नसक्दा बुटवलबासी भन्न लाजमर्दो भएकाले आफूूले गर्व गर्न लायक बनाउने प्रतिबद्धता जनाएका हुन् । शनिबार बुटवल उपमहानगरपालिका वडा नं. ३, १० र १२ मा मतदातासँगको भेटघाटमा उपमेयर गुरुङले अब बुुटवलमा अव्यवस्थित बसोबासी, सुुकुुम्बासी समस्या, ट्राफिक व्यवस्थापन, चुरे पहाडको पहिरो, खानेपानी, फोहोर व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए ।

Advertisement

‘म २०५४ सालदेखि जनप्रतिनिधि भएर बुुटवलबासीको सेवामा खटिएको छुु, बुटवलबासीले चाहेको, खोजेको विकास भएको छैन, अब त्यसको नेतृत्व गठबन्धनले गर्नेछ’, उनले भने । उनले आफू जनप्रतिनिधिका रुपमा रहे पनि एमाले नेतृत्वले काम गर्ने वातावरण नबनाएको बताउँदै त्यसैले विद्रोह गरेको सुनाए । उनले मतदातामाझ आफूहरुले जे काम गर्ने हो, त्यही काम मात्रै गर्ने प्रतिबद्धता जनए ।

जनताको घरदैलौमा पुुगेका गुुरुङलाई मतदाताहरुले बुटवलबासी भनेर गर्व गर्न लायक बनाउन सुुझाव दिएका थिए । बृद्ध आमा, बुुवा र युुवाहरुले आफूलाई मत दिने आश्वासन दिएको उनले बताए । बुटवलमा गठबन्धनबाट काँग्रेसका खेलराज पाण्डे मेयर र नेकपा एकीकृत समाजवादीका गुरुङ उपमेयरमा उम्मेद्वार छन । बुुटवलमा काँग्रेस, एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासंग चुनावी तालमेल गरि गठबन्धन कायम छ ।