March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

नगरको विकास र नगरबासीको सेवामा सधैं लाग्छु : खान

भैरहवा– नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनले सिद्धार्थनगर नगरपालिका भैरहवामा शनिबारदेखि संयुक्त घरदैलो सुरु गरेको छ । सिद्धार्थनगर वडा नम्बर १ बाट सुरु भएको घरदैलोमा कांग्रेसबाट मेयरका आकांक्षी सुुरेन्द्रजंग थापा, विजय शर्मा, महेन्द्रकुुमार श्रेष्ठ र सुशील गुुरुङ्ग तथा माओवादीका मनिषकुमार जोशीले मेयरका गठबन्धनका उम्मेदवार इस्तियाक अहमद खानलाई बिजयको शुुभकामना दिँदै संयुुक्त रुपमा अंकमाल र हातेमलो गरी घरदैलोको सुुरुवात भएको कांग्रेस सिद्धार्थनगरका सभापति कोशिशबहादुर खड्काले जानकारी दिए ।

Advertisement

त्यस्तै, उपमेयरकी आकांक्षी पल्लवी न्यौपानेले पनि उपमेयर उम्मेदवार कमला थापालाई बिजयको शुुभकामना दिंदै गठबन्धनलाई बिजयी गराउन आफू निरन्तर लागिरहने बताइन् । यससँगै गठबन्धनले उत्सासाथ घरदैलो अभियान सुुरु गरेको छ । मेयरका उम्मेदवार खानले नगरको विकास, राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन अपरिहार्य रहेको बताउँदै गठबन्धनका मेयर र उपमेयर दुवैले बिजय हासिल गर्ने विश्वास ब्यक्त गरे ।

Advertisement

खानले आफ्नो एक मात्र लक्ष्य नगरको बिकास र जनताको सेवा रहेको बताए । जनताको चाहाना र नगरको आवश्यकताअनुसार गठबन्धनले विकासलाई अगाडि बढाउने उनले बताए । ‘नगर समृद्ध बन्नुपर्छ भन्ने सबै नगरबासीको चाहना छ, तर विगतमा नगरको नेतृत्वमा पुगेकाले गर्न सकेनन्’, खानले भने, ‘जनअपेक्षा एकातिर थिए, नेतृत्वले अर्कातिर काम गरे । म नेतृत्वमा आएँ भने सबैको राय सुझाव लिएर एकीकृत विकासमा लाग्छु ।’

घरदैलो कार्यक्रममा खानले बेलहियाबासी सीमा रक्षक र धर्मीमाता भएको बताए । ‘सीमा क्षेत्रमा बसेर यहाँहरुले नेपाली भूमिको रक्षामा पनि मैले योगदान दिएको पाएको छु, यो बेलहियाबासीको मात्रै नभएर मुलुकककै लागि राम्रो सन्देश हो’, उनले भने । मेयरका उम्मेदवार खानले आफू बेलहियाबासी भएको र यहाँका हरेक समस्यासँग परिचित रहेको बताउँदै नागरिकको भावनाविपरीत कहिल्यै जान नसक्ने बताए ।

‘पदमा कुनै बेला भइएला, कुनै बेलानभइएला तर म सधै नगरबासीसँग छु, हरेक सुखदुःखमा साथमा हुनेछु’, उनले भने, ‘विगतदेखि मैले गर्दै आएको समाजसेवालाई अझ फराकिलो रुपमा निरन्तरता दिन्छु ।’ उनले बेलहियामा सडक, खानेपानी, शिक्षा, स्वास्थ्यलगायतमा अझै पछि परेको जनाउँदै त्यसका लागि आफू सधै लाग्ने जनाए । बेलहिया विकासमा पछि परेको र आफूले जिते यहाँको विकासमा विशेष ध्यान दिने उनले बताए ।

त्यस्तै, उपमेयरका उम्मेदवार कमला थापाले आफू बिजयी भएमा गठबन्धनका नेता, कार्याकर्ता तथा आकांक्षीहरुसँग सुुझाव, सल्लाह र सहकार्य गरी नगरको बिकासमा लाग्ने बताइन् । प्रतिगमनलाई पराजीत गर्न गठबन्धन गर्नुु परेको भन्दै उनले कांग्रेस र माओबादीका कार्याकताहरुलाई समेत इमान्दार भएर चुुनावी अभियानमा लाग्न आग्रह गरिन् ।

घरदैलोको सुरुवातमै देखिएको उत्साहले आफूहरुको जित सुनिश्चित भइसकेको उनले बताइन् । सो अवसरमा मेयर तथा उपमेयरका आकांक्षीहरुले गठबन्धनको एकता र बिश्वास नै जितको पहिलो आधार भएको बताए ।