May 19, 2022, Thursday
५ जेष्ठ २०७९, बिहीबार

प्रदेशसभाको बैठक वैशाख २० गतेका लागि आह्वान

बुटवल– वैशाख २० गतेका लागि लुम्बिनी प्रदेशसभाको बैठक आह्वान गरिएको छ। प्रदेश प्रमुख अमिक शेरचनले २० गते मंगलबार दिउँसो १ बजेका लागि प्रदेश सभाको बैठक आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख शेरचनले जारी गरेको सूचनामा संविधान धारा १२३ को उपधारा १ बमोजिम प्रदेशसभा बैठक आह्वान गरिएको उल्लेख छ ।

वैशाख २० गते १ वजे बस्ने बैठकमा सम्पूर्ण प्रदेशसभा सदस्यलाई उपस्थित लागि आह्वान गरिएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले बताए ।

Advertisement