पाल्पामा दुई महिला वडा सदस्य निर्विरोध
पाल्पा– स्थानीय तह मनोनयन दर्तामै पाल्पामा दुईजना महिला उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। वैशाख १२ गते भएको मनोनयन दर्ताको क्रममा एकल उम्मेदवारी परेपछि दुई महिला निर्विरोध निर्वाचित भएका हुन्।
पूर्वखोला गाउँपालिका वडा नम्बर २ जल्पाकी महिला सदस्य भिमिसरा आले र वडा नम्बर ५ विरकोटकी दलित महिला सदस्य पार्वती हिताङ्ग निर्विरोध निर्वाचित भएको पूर्वखोला गाउँपालिकाका निर्वाचन अधिकृत मधु अर्याल खनालले बताए ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दुवै उम्मेदवारको एकल उम्मेदवारी परेकाले निर्वाचन अधिकृतको कार्यालय पूर्वखोलाले दुवैजना उम्मेदवारलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको छछ ।
पूर्वखोलामा गाउँपालिकाको अध्यक्षमा ४ जना र उपाध्यक्षमा २ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन्।
प्रतिकृया दिनुहोस्