March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

१७ थान बन्दुक र पाँच सय बढी गोली बुझाइयो

स्थानीय तहको निर्वाचनमा शान्ति सुरक्षालाई मध्ये नजर गर्दै  जिल्ला प्रशासन कार्यालय पाल्पाले हात–हतियार बुझाउन सार्वजानिक सुचना जारी गरेलगत्तै नागरिकहरुले  १७ थान विभिन्न प्रकारका बन्दुक र पाँच सय थानभन्दा बढी गोलीहरू बुझाएका छन् ।

पाल्पाका प्रहरी प्रवक्ता डिएसपी बिरेन्द्र थापाले दिएको जानकारी अनुसार बोर नाले बन्दुक, नाले टोटा बन्दुक र बारे राइफल गरी ५ सय ४२ वटा गोली समेत बुझाइएको हो । ति हतियारहरू इजाजत प्राप्त भए पनि शान्ति सुरक्षालाई ध्यानमा राखी  बुझाइएको जनाइएको छ ।  

Advertisement