December 5, 2024, Thursday
२०८१ मंसिर २०

रोल्पाका पाँच पालिकामा विप्लव नेतृत्वको नेकपाले पनि दियो उमेदवारी

रोल्पा– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले रोल्पाका विभिन्न ५ स्थानीय तहमा उमेदवारी दिएको छ । उक्त पार्टीले गंगादेव, परिवर्तन, थवाङ, सुनिलस्मृती र सुनछहरी गाउँपालिकामा उमेदवारी दिएको हो ।

उसले कुनै स्थानीय तहमा एकल त कुनै स्थानीय तहमा कांग्रेस र एमालेको सहयोगमा तथा कुनै स्थानीय तहमा स्वतन्त्र व्यक्तिलाई समर्थन गरेर उमेदवारी दर्ता गरेको हो । रोल्पाको गंगादेव गाउँपालिकामा पार्टीका केन्द्रीय सदस्य चुडामणि वलीले गाउँपालिका अध्यक्षमा स्वतन्त्र उमेदवारी दिएका छन् ।

Advertisement

यस्तै थवाङ गाउँपालिका अध्यक्षमा महेश वुढामगरको उमेदवारी परेको छ । सुनिलस्मृति गाउँपालिका अध्यक्षमा कमल थापाले उमेदवारी दिएका छन् भने उपाध्यक्षमा दिपेश विष्टको उमेदवारी परेको छ । परिवर्तन गाउँपालिका अध्यक्षमा लालवहादुर वली र उपाध्यक्षमा मिरा वुढामगरले उमेदवारी दर्ता गराएका छन् ।

सुनछहरी गाउँपालिकामा विप्लव नेतृत्वको नेकपाका नेता पुष्टमन घर्तीमगरले गाउँपालिका अध्यक्षमा उमेदवारी दर्ता गराएका छन् । उनलाई नेकपा एमाले र नेपाली कांग्रेसको पनि समर्थन रहेको छ । तीन दलिय गठवन्धनको तर्फबाट उपाध्यक्षमा नेपाली क्रांग्रेसका कोमवहादुर वुढामगरले उमेदवारी दिएका छन्।