May 19, 2022, Thursday
५ जेष्ठ २०७९, बिहीबार

सिद्धार्थनगर र सैनामैनामा टुट्यो गठबन्धन

भैरहवा– रुपन्देहीका दुई पालिकामा गठबन्धन टुटेको छ। सिद्धार्थनगर नगरपालिका र सैनामैना नगरपालिकामा गठबन्धन टुटेको हो । भागबन्डा नमिल्दा गठबन्धन टुटेको हो ।

Advertisement

गठबन्धन टुटेपछि नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले यी दुई पालिकामा छुट्टाछुट्टै उम्मेदवारी दर्ता गरेका छन् । गठबन्धन टुटेपछि काँग्रेसबाट सिद्धार्थनगर नगरपालिकाको मेयरमा इस्तियाक अहमद खान र उपमेयरमा पल्लवी न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् ।

माओवादी केन्द्रबाट सिद्धार्थनगरको मेयरमा मनिष कुमार जोशी, उपमेयरमा कमला थापाले उम्मेदवारी दर्ता गरेका छन् । यहाँ एकीकृत समाजवादीबाट कुलेन्द्र पुनले मेयरमा उम्मेदवारी दिएका छन् ।

त्यस्तै, सैनामैना नगरपालिकामा गठबन्धन टुटेको पछि नेकपा एस पार्टीसहित ३ दलले अलग अलग मनोनयन दर्ता गरेका छन् । नेकपा एसबाट सैनामैना नगरपालिकाको मेयरमा देबराज पौडेल र उपमेयरमा जसपाका टोपराज पाण्डेले उम्मेदवारी दिएपछि गठबनधन टुटेको हो।

सैनामैनामा नेपाली काग्रंसको तर्फबाट फणिन्द्र शर्माले उम्मेदवारी दर्ता गराएका छन् । जनता समाजवादी पार्टीले सिद्धार्थनगरमा मातृकाप्रसाद यादवलाई मेयरको उम्मेदवार बनाएको छ ।