April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

बुटवलमा एमालेबाट भट्टराई र गठबन्धनबाट पाण्डेको उम्मेदवारी

भैरहवा– बुटवल उपमहानगरपालिकामा गठबन्धन दल र नेकपा एमालेले उम्मेदवारी दर्ता गरेका छन् । गठबन्धनबाट नेपाली काँग्रेसका खेलराज पाण्डेले मेयर पदमा उम्मेदवारी दर्ता गराएका हुन् । एमालेबाट बाबुराम भट्टराईले मेयर र उपमेयरमा साबित्रा अर्यालले उम्मेदवारी दर्ता गराएका हुन् ।

यसअघि नै गठबन्धन दलको जनता समाजवादी पार्टी (जसपा)ले आइतबार मेयर र उपमेयर दुबै पदमा उम्मेदवारी दर्ता गराएको छ । पाँच दलीय गठबन्धन गरे पनि काँग्रेसका उम्मेदवारहरु भने एकल रुपमै उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए ।

गठबन्धनमा उपमेयर उम्मेदवारको टिकट पाएका नेकपा एकीकृत समाजवादीका चीनबहादुर गुरुङले उम्मेदवारी दर्ता गरेका छन् । एमालेबाट पार्टी उपाध्यक्ष बिष्णु पौडेलसहितका नेताहरु निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका थिए ।

Advertisement