February 16, 2025, Sunday
२०८१ फाल्गुन ४

बाँकेमा यी हुन् एमालेका उम्मेदवार

बाँके– नेकपा एमालेले बाँकेमा आठ ओटैपालिकाको उम्मेदवार टुंगो लगाएको छ।

नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा पशुपतिदयाल मिश्र र उपमेयरमा शान्ति ढकाल चयन भएका छन् । कोहलपुर नगरपालिकामा मेयर खिलप्रसाद भुसाल र उपमेयरमा अस्मिता थारुलाई अगाडि सारिएको छ ।

Advertisement

नरैनापुर गाउँपालिकामा अध्यक्ष पदमावती यादव र उपाध्यक्षमा रामकुमार दिक्षित, डुडुवामा सरोजकुमारी यादव र सकिल खाँ, बैजनाथ गाउँपालिकामा घननाथ खनाल र प्रेमपूर्ण योगी, जानकी गाउँपालिकामा हेमन्सु यादव र भूमिसरा धिताल, खजुरा गाउँपालिकामा सुमन मल्ल र नजिरा बेगम, राप्तीसोनारी गाउँपालिकामा रामदास थारु र चमेली बागबल रहेका छन् ।

एमाले, बाँकेका जिल्ला सचिव रत्न खत्रीले पालिकाहरुको टुंगो लागिसकेको र वडाहरुको आइतबार दिउँसोसम्ममा टुंगिने जानकारी दिए ।