सन्धिखर्क नगरपालिकाका मेयरसहित २१ जनाले दिए राजीनामा


अर्घाखाँची- बैशाख ३० मा हुने स्थानीय निर्वाचनमा उम्मेदवार बन्न अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख (मेयर) सहितका जनप्रतिनिधिहरुले राजीनामा दिएका छन् । नगर प्रमुख कमलप्रसाद भुसालसहित २१ जना जनप्रतिनिधिहरुले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै राजीनामा दिएका हुन् ।
निर्वाचन आयोगले पुनः उम्मेदवार हुन जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्ने प्रावधान राखेको छ । यही प्रावधानका कारण सन्धिखर्कमा पत्रकार सम्मेलन गरी नगर प्रमुख भुसालसहितका जनप्रतिनिधिले राजीनामा दिएका हुन् ।
नगर प्रमुख भुसालले उपप्रमुख ठाकुर कुमार बिकसमक्ष राजीनामा दिएका हुन् । ९ जना वडाअध्यक्षसहित कार्यपालिका सदस्यहरुले दिएको राजिनामा स्वीकृत गरेपछि नगर प्रमुख भुसालले उपप्रमुख समक्ष राजीनामा पेस गरेका थिए ।
नगर प्रमुख भुसाल २०७४ मा नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए । भुसाल नेपाली काँग्रेसको तर्फबाट नगर प्रमुखको भावी उम्मेदवारको रुपमा हेरिएका छन् ।








प्रतिकृया दिनुहोस्