March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

दाङमा मस्जितमा आक्रमण हुँदा आठजना घाइते

दाङ– अपरिचित समूहबाट मस्जितमा आक्रमण हुँदा दाङमा आठजना घाइते भएका छन् । सात जना सामान्य घाइते भए पनि एक जनाको अवस्था भने गम्भीर छन् । वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख पुष्पराज थापाले शुक्रबार दिउँसो नवाज पढीरहेका बेला मस्जितमा आक्रमण भएको पुष्टि गरे ।

Advertisement

करिब एक बजे लमहीका स्थानीय मुस्लिम समुदायहरूले अहिलेसुनन्त फैजाने रजा मज्जितमा नवाज पढिरहेको बेला एक्कासी बाहिरबाट आएका अपरिचित व्यक्तिहरूको समूहले मस्जित परिसरमै धारिलो हतियार र इँट्टा प्रहार गर्दा आठजना घाइते भएको थापाले जानकारी दिए ।

Advertisement

घाइते मध्ये एकजनाको टाउको गम्भीर चोट लागेको छ । हतियार प्रयोगबाट लमही नगरपालिका वडा नम्बर ५ निवासी ६४ वर्षीय गुठे कुरेसि, सोही वडा निवासी ३३ वर्षीय अरसद अलि, सवविर अलि, ५२ वर्षीय मोहम्मद कासिम, २९ वर्षीय सकिल अलि, ६५ वर्षीय दिल मोहम्मद मिया, २५ वर्षीय कमाल अलि, ४२ वर्षीय मोहम्मद याकदिन अलि घाइते भएका छन् ।

घाइतेहरू मध्ये चारजनाको लमही अस्पतालमा उपचार भइरहेको छ भने अन्य चारजनाको जानकी मेडिकलमा उपचार भइरहेको छ । अपरिचित व्यक्तिहरू मस्जितमा हमला गरेर भागेका छन् । के कति कारणले मस्जितमा हमला भयो संलग्नबारे खोजी भइरहेको प्रहरीले जनाएको छ । तस्वीर सौजन्य : पत्रकार शिवु खनाल