September 8, 2026, Tuesday
२०८३ भाद्र २३ मंगलवार

एमाले दाङ जिल्ला सदस्य केसीद्वारा पार्टी परित्याग

दाङ– नेकपा एमालेका युवा नेता एवं दाङ जिल्ला कमिटी सदस्य पदम केसीले पार्टी परित्याग गरेका छन् । एमाले त्यागेको घोषणा गरेका उनले तुलसीपुर उपमहानगरपालिका–१६ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने बताए ।

वडा नं. १६ मा एमालेले वडा नं. १७ का बासिन्दा अमर खड्कालाई उम्मेदवार बनाएपछि केसी रुष्ट बनेका थिए । खड्काको मतदाता नामाबली भने वडा नं. १६ बाटै छ । उनले पार्टीले इमान्दारलाई न्याय नगरेको उनले जनाए ।

केसी जिल्ला कमिटी सदस्य र निर्वाचन क्षेत्र नं. ३ (क) का इञ्चार्ज पनि हुन् । वडा नं. १६ पाँच दलिय गठबन्धनबाट नेकपा एकीकृत समाजबादीको भागमा परेको छ । उनले राजनीतिमा लामो योगदान गरेको बताउँदै स्वतन्त्र उम्मेदवार भएर पनि चुनाब जितेर देखाउनले जनाए ।

Advertisement