May 19, 2022, Thursday
५ जेष्ठ २०७९, बिहीबार

कांग्रेस पूर्व क्षेत्रीय सभापति मातृकाप्रसाद यादव जसपा प्रवेश

भैरहवा- नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-३ का पूर्व क्षेत्रीय सभापति मातृकाप्रसाद यादव जनता समाजवादी पार्टी (जसपा) प्रवेश गरेका छन् । केही दिनअघि उनले कांग्रेसको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।

Advertisement

जसपाद्वारा शुक्रबार भैरहवामा आयोजित कार्यक्रममा पार्टीका नेता तथा लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सहसराम यादवले उनलाई पार्टी प्रवेश गराएका हुन्

स्थानीय तहको टिकट वितरणमा नेपाली काङ्ग्रेसले आफूलाई टिकट नदिएको भन्दै उनी असन्तुष्ट थिए । कांग्रेसले पूराना नेतालाई भन्दा नवप्रवेशीलाई प्राथमिकता दिएको भन्दै उनले पार्टीलाई राजीनामा बुझाएका थिए ।

उनको राजीनामा कांग्रेसले अझै स्वीकृत गरेको छैन । तर यादव भने जसपा प्रवेश गरेका हुन् । यादव जसपा प्रवेश गरे पछि उनी अब सोही पार्टीबाट नगर प्रमुख पदको उम्मेदवार हुने जनता समाजवादी पार्टीका नेता किस्मत विश्वकर्माले जानकारी दिए ।