April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

एमालेले घोषणापत्र सार्वजनिक गर्दै

नेकपा एमालेले आज घाेषणापत्र सार्वजनिक गर्दैछ।

Advertisement

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तयार पारिएको घाेषणापत्र सार्वजनिक गर्न लागेकाे हाे।आज पार्टीकाे ७४ औँ स्थापना दिवस पनि हाे।साेही अवसरमा एमालेले घाेषणापत्र सार्वजनिक गर्ने भएकाे हाे।

Advertisement

आज नै पार्टीकाे केन्द्रीय कार्यालय पनि सारिँदै छ।

केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले ७३ औं स्थापना दिवसको अवसरमा नयाँ पार्टी कार्यालय तुल्सीलाल स्मृति भवन च्यासल दिउँसो १ बजे कार्यक्रम राखिएको बताए।

यसैगरी आज, विभिन्न कम्युनिस्ट नेताहरूलाई सम्मान गर्ने तथा ‍विभिन्न दलका नेता तथा कार्यकर्तालाई पार्टीमा पनि प्रवेश गराइने बताइएकाे छ।