April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

फुलहम प्रिमियर लिगमा बढुवा

च्याम्पियनसिप फुटबल क्लब फुलहम इंग्लिस प्रिमियर लिगमा बढुवा भएको छ। च्याम्पियनसिप अन्तर्गत मंगलबार राति भएको खेलमा प्रेस्टनलाई ३–० ले पराजित गरेको फुलहम माथिल्लो लिगमा बढुवा भएको हो ।

घरेलु मैदानमा भएको खेलमा मिट्रोभिकले दुई तथा कारभाल्होले एक गोल गरे । यो सिजन मिट्रोभिकले ४० गोल गरे।

जितपछि शीर्ष स्थानमा रहेको फुलहमको ४२ खेलबाट ८६ अंक भएको छ । दोस्रो स्थानको बोर्नमाउथलाई आउँदो शनिबार हुने खेलमा पराजित गरेमा फुलहमले च्याम्पियनसिपको उपाधि विजेता बन्ने छ ।

Advertisement