May 29, 2022, Sunday
१५ जेष्ठ २०७९, आईतवार

माओवादीबाट सन्धिखर्कको मेयर उम्मेदवारमा खनाल सिफारिस

अर्घाखाँची- नेकपा (माओवादी केन्द्र)ले सन्धिखर्क नगरपालिकाको मेयर पदको उम्मेदवारका लागि श्रीधर खनालको नाम सिफारिस गरेको छ ।

माओवादी केन्द्र लुम्बिनी प्रदेश सम्पर्क समन्वय समिति काठमाडौँ र सम्पर्क समन्वय विशेष प्रदेश समितिले मेयर पदको उम्मेदवारका लागि पार्टी केन्द्रीय कार्यालय समक्ष सिफारिस गरेका हो । उनी विसं २०५६ सालदेखि राजनीतिमा सक्रिय छन् ।

राजनीतिसँगै मिडिया क्षेत्रमा लगानी गरेका खनाल जनता टेलिभिजनका सदस्य तथा एप्पल मिडिया प्रालिका अध्यक्षसमेत हुन् ।

Advertisement