माओवादी र काँग्रेसबीच प्युठानको झिमरुकमा तालमेल
भैरहवा– प्युठानको झिमरुक गाउँपलिकामा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसबीच चुनावी तालमेल गर्ने सहमति भएको छ । स्थानीय तह निर्वाचनमा यी दलले साझा उम्मेदवार उठाउने छन् ।
यसअघि राष्ट्रिय जनमोर्चाले जितेको गाउँपालिकामा दुई दल मात्रै मिलेर लड्ने समझदारी गरेका हुन् । पालिका अध्यक्ष माओवादीलाई र उपाध्यक्ष काँग्रेसलाई दिने समझदारी बनेको छ ।
अरु वडा अध्यक्ष र सदस्य दुई दलको आपसी समझदारीका आधारमा टुंगो लगाइने भएको छ । माओवादीले पालिका अध्यक्षमा पितबहादुर एमसी र काँग्रेसले उपाध्यक्षमा प्रमोद पोखरेल उठाउने तयारी गरेको छ । पाँच दलीय गठबन्धनबाट राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी र जनता समाजवादीलाई पन्छाएर दुई दलले मात्रै मिलेर लड्ने समझदारी गरेका हुन् ।
प्रतिकृया दिनुहोस्