May 19, 2022, Thursday
५ जेष्ठ २०७९, बिहीबार

ट्रेड युनियन लुम्बिनी अध्यक्षमा काफ्ले निर्वाचित

भैरहवा– नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) लुम्बिनी प्रदेश कमिटिको अध्यक्षमा हुमाकान्त काफ्ले निर्वाचित भएका छन् ।

Advertisement

महासंघको बुटवलमा सम्पन्न प्रथम अधिबेशनले काफ्लेको अध्यक्षतामा २१ सदस्यीय कमिटी चयन गरेको हो । जसको उपाध्यक्षमा पदमराज रिजाल, सचिवमा सन्तोष केसी, सहसचिवमा दुर्गादेवी केसी छन् ।

यस्तै, सदस्यहरुमा गिरीराज भण्डारी, सुशीला भण्डारी, कर्णबहादुर लामा, ढिलकुमारी भण्डारी, सुरेशकुमार श्रेष्ठ, गोकर्णराज गिरी, पुष्पा न्यौपाने, शान्ति भुषाल, पशुपति बस्याल, कमला भट्टराई, टेकबहादुर सिंजाली, नुमा थापा, सुमन गिरी, दुर्गाबहादुर केसी, दिलसरी राना, गोविन्दप्रसाद पौडेल र शिवराज पन्थी छन् ।

नवनिर्वाचित अध्यक्ष काफ्लेले मजदुरको हक हित र अधिकारका लागि प्रतिबद्ध भएर काम गर्ने बताए ।