July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

कमल थापाकी छोरी प्रतिष्ठाद्वारा राप्रपा परित्याग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाको छोरी प्रतिष्ठा थापा रायमाझीले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा परित्याग गरेकी छिन् । गत महाधिवेशनमा केन्द्रीय सदस्य पदमा निर्वाचित उनले  साधारण सदस्य समेत नरहने गरि राप्रपाबाट राजीनामा दिएकी हुन् ।

राप्रपा पार्टी र नेतृत्वमा केही महिनादेखि देखिएको सैद्धान्तिक र नैतिक विचलनका कारण आफूले भारी मनका साथ पार्टी परित्याग गर्नुपरेको उनले राजीनामा पत्रमा उल्लेख गरेकी छन् ।

केही दिनअघि थापाका भतिजा अभिषेक थापाले पनि राप्रपा परित्याग गरेका थिए । पछिल्लो समय लिङ्देन नेतृत्वको राप्रपा छोडेर थापा नेतृत्वको राप्रपा नेपालमा आउने क्रम तीव्र रुपमा चलेको छ । मंगलबार मात्र राप्रपा केन्द्रीय सदस्य युवती कार्कीले पनि पार्टी छाडेकी थिइन् ।

Advertisement