March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

आर्मीद्वारा ट्यालेन्ट हन्ट बंगलादेश ८ विकेटले पराजित

भैरहवा– त्रिभुवन आर्मी क्लबले भैरहवामा जारी प्रो क्लब च्याम्पियनसिपमा ट्यालेन्ट हन्ट क्रिकेट एकेडेमी, बंगलादेशलाई ८ विकेटले हराएको हो । उसको यो लगातार दोस्रो जित हो ।

Advertisement

९७ रनको सामान्य लक्ष्य आर्मीले १४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । आर्मीको जितमा रोहित पौडेल २६ बलमा ५ चौका र १ छक्कासहित ४१, भीम सार्की २२ बलमा १४ रन बनाउँदै अविजित रहे । ओपनर हरि चौहान २२ बलमा ४ चौकासहित २४ र सन्तोष कार्की ५ रनमा आउट भए ।

Advertisement

एकेडेमीले सन्दीप कुमार र मोहम्मद उमरले १–१ विकेट लिए । त्यसअघि सिद्धार्थ रंगशाला भैरहवामा टस जितेर पहिला ब्याटिङ थालेको एकेडेमीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९६ रन बनाएको थियो । उसका लागि उत्तम मगरले ३१ बलमा १ चौकासहित १६ रन बनाए । उमर १३, आशिष रत्नम १० र मोहम्मद मोसहरार्फ १५ रन बनाए । अबिदुर कैफले १० बलमा २ चौका र २ छक्कासहित सर्वाधिक २३ रन बनाए ।

आर्मीका बायाँ हाते स्पिनर कुशल मल्लले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । कुशल नै प्लेयर अफ द म्याच चुनिए । सुशान भारीले ४ ओभरमा ७ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले २ र साहब आलमले १ विकेट लिए ।

आर्मीले पहिलो खेलमा नेपाल एपिएफ क्लबलाई ५१ रनले हराएको थियो । एकेडेमी भने उत्तर प्रदेश क्लब–११ सँग ८ विकेटले पराजित भएको थियो । आर्मीले अव बुधबार उत्तर प्रदेशसँग खेल्नेछ । एकेडेमीले मंगलबार एपिएफसँग खेल्नेछ ।