May 16, 2022, Monday
२ जेष्ठ २०७९, सोमबार

बुटवल–३ बाटध्यक्षमा तीनजनाको नाम सिफारिश

बुटवल– बुटवल उपमहानगरपालिका वडा नम्बर ३ को वडाध्यक्षका लागि एमालेले अध्यक्षमा तीनजनाको नाम सिफारिश गरेको छ ।

वडा कमिटी इन्जार्च केशवराज पन्थी, घनश्याम चापागाईं र पवित्रा श्रेष्ठको नाम एमालेले सिफारिश गरेको हो । त्यसैगरी महिला सदस्यमा पुनम लिगल, बसन्ती भुसाल र लक्ष्मी गैरेको नाम सिफारिश गरिएको छ भने दलित महिला सदस्यमा सुमित्रा बिक, सीता दमाई आशिना गहतराजलाई सिफारिश गरिएको छ ।

त्यसैगरी खुल्ला सदस्यमा एमालेले पूर्णबहादुर गुरुङ, गणेशबहादुर क्षेत्री, गोपाल श्रेष्ठ, बिनोदराज पौडेल, जानकी नेपाल र लक्ष्मी भट्टराईको नाम सिफारिश गरिएको एमालेले जनाएको छ ।

Advertisement