May 16, 2022, Monday
२ जेष्ठ २०७९, सोमबार

लियो क्लब अफ होलिसिटीको अध्यक्षमा शर्मा

भैरहवा– लियो क्लब अफ होलिसिटी, भैरहवाको वर्ष २०२२–२३ को अध्यक्षमा ओजश शर्मा चयन भएका छन् । भैरहवामा भएको क्लबको अधिवेशनबाट शर्मा अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

क्लबको प्रथम उपाध्यक्षमा आशिष पन्त, द्वितिय उपाध्यक्षमा अनुराग विडारी, तृतिय उपाध्यक्षमा दिव्या क्षेत्री, सचिवमा निर्भीक ढुंगाना, कोषाध्यक्षमा निशंक पौड्याल सर्वसम्मत चयन भएका छन् ।

अध्यक्षमा निर्वाचित शर्माले बोर्डका सदस्य, साधारण सदस्य, सल्लाहाकार, संस्थापक अध्यक्ष सबैको सहयोगले आफू अध्यक्ष भएको भन्दै खुशी व्यक्त गरे । उनले आगामी दिनमा संस्थाको हकहीतमा काम गर्ने प्रतिबद्धता जनाए । सामाजिक उत्तरदायित्वका कामलाई आफ्नो कार्यकालमा विशेष प्राथमिकता दिने शर्माले बताए ।

Advertisement