April 26, 2024, Friday
१४ बैशाख २०८१, शुक्रबार

क्यालेण्डर विमोचन तथा शुभकामना आदानप्रदान

भैरहवा– मदिरा व्यवसायी संघ भैरहवाले २०७९ सालको क्यालेण्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । यस्तै संघले भैरहवामा आयोजना गरेको उक्त कार्यक्रममारुपन्देहीका प्रहरी प्रमुख रवीन्द्र रेग्मीलाई स्वागत समेत गरेको छ ।

Advertisement

प्रहरी प्रमुख रेग्मीले कोरोना महामारीका कारण अर्थतन्त्र प्रभावित भएको बताए । उनले शान्ति सुरक्षाको महसुस गराउने पहिलो युनिट प्रहरी भएको बताए । मदिरा व्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष गिरीराजमणि पौडेलले व्यवसायीले अनुशासित भएर व्यवसाय सञ्चालन गर्नुपर्ने जनाए ।

Advertisement

संघका अध्यक्ष केशवराज ज्ञवालीले संघले व्यवसायसँगै विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको बताए । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष थानेश्वर पौडेलले नयाँ वर्ष २०७९ को पूर्व संध्यामा आयोजना गर्न लागिएको सडक खाना महोत्सवको सफलताको शुभकामना व्यक्त गरे ।

सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले कोभिड–१९ ले अर्थतन्त्र समस्यामा परेको बताए । उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले मुलुकमै वस्तु उत्पादन गरेर निर्यातमा जोड्नुपर्ने बताए । सिद्धार्थ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठले शान्ति सुरक्षाको अनुभुति भएको बताए ।

मदिरा व्यवसायी संघ रुपन्देहीका अध्यक्ष कृष्ण गौतमले नयाँ वर्षको शुभकामना व्यक्त गरे । मदिरा व्यवसायी संघ भैरहवाका सल्लाहकार खिम बहादुर खत्रीले संघलाई अगाडी बढाउन विभिन्न संघ संस्थासँग समन्वय गर्दै अगाडी बढ्नुपर्ने बताए ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीका अध्यक्ष पिताम्बर न्यौपानेले चैत ३० गते आयोजना गर्न लागिएको सडक खाना महोत्सव सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताए ।