May 16, 2022, Monday
२ जेष्ठ २०७९, सोमबार

लुम्बिनीकी उप–प्रमुख लोसपा प्रवेश

भैरहवा– जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाकी उप–प्रमुख जानकीदेवी श्रीवास्तव लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रवेश गरेकी छन् ।

बुधबार लोसपाले भैरहवामा आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनी पार्टी प्रवेश गरेकी हुन् । श्रीवास्तवलाई लोसपाका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, केन्द्रीय कार्यकारिणी सदस्य निलम यादव लगायतले खादा लगाएर पार्टीमा स्वागत गरेका थिए ।

२०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम, नेपालबाट श्रीवास्तव लुम्बिनी साँस्कृतिक नगरपालिकाको उप– प्रमुखमा निर्वाचित भएकी थिइन् । चुनावकै मुखमा पार्टी परित्याग गरेपछि जसपालाई धक्का पुगेको छ ।

Advertisement