March 22, 2025, Saturday
२०८१ चैत्र १०

स्थानीय तह निर्वाचन : भैरहवामा सत्तारुढ दलले गठबन्धन गर्ने

भैरहवा– रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा स्थानीय तह निर्वाचनमा तालमेल गरेर अगाडि बढ्ने सत्ता गठबन्धनमा आबद्ध पाँच दलले घोषणा गरेका छन् । गठबन्धनमा आबद्ध दलहरुको मंगलबार भैरहवामा बसेको बैठकले चुनावी तालमेलको आवश्यकता ठहर गर्दै नगर र वडामा संयन्त्र गठन गरी वडा तहसम्म नै तालमेल गरेर अगाडि बढ्ने निर्णय गरेका छन् ।

नेपाली कांग्रेस नगर सभापति कोशिशबहादुर खड्काको सभापत्विमा बसेको सत्ता साझेदार दलहरु नेकपा एकीकृत समाजबादी, नेकपा माओबादी केन्द्र, जनता समाजबादी पार्टी (जसपा) र राष्ट्रि जनमोर्चाको नगर स्तरीय संयुक्त बैठकले चुुनावी संयन्त्र निमार्ण गरी छलफललाई थप अगाडि बढाउने निर्णय गरेको हो ।

Advertisement

बैठक पछि कांग्रेस नगर सभापति खड्का, नेकपा माओबादी केन्द्रका नगर ईन्चार्ज फैज अहमद खाँन, नेकपा एकीकृत समाजबादीका नगर अध्यक्ष रामबहादुुर बस्नेत, जसपाका नगर अध्यक्ष अर्जुुन जयसवाल र राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष नेत्र आचार्यद्वारा जारी संयुुक्त बिज्ञप्तिमा गठबन्धनमा आवद्ध दलहरुबीच गठबन्धनको मर्म र भावना अनुुरुप एक आपसमा सम्मान र हार्दिकताको बिकास गर्दै लगि स्थानीय तहको निर्वाचनमा संयुुक्त रुपमा सहभागी हुुने उल्लेख छ ।

त्यस्तै सिद्धार्थनगर नगरपालिकाका सवै वडामा समेत तालमेल गर्ने निर्णय भएको कांग्रेस नगर सचिव अनिल केसीले पब्लिक कुरालाई जानकारी दिए ।

यसैबीच रुपन्देहीमा स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर अगाडि बढ्ने उद्घोष गरेर सत्तारुढ पाँच दलले जिल्लाका १६ वटै स्थानीय तहमा संयन्त्रण निमार्ण गरी गठबन्धनलाई मजबुुद बनाउने निर्णय गरेका छन् ।

सवै दलको सह अस्थित्व स्वीकार गर्दै सम्मानजनक रुपमा गठबन्धन गर्ने निर्णय समेत पाँच दलले गरेका छन् । नेपाली काँग्रेस रुपन्देहीको पार्टी कार्यालय भैरहवामा बसेको सत्तारुढ गठबन्धनका दलहरु कांग्रेस, एकीकृत नेकपा माओबादी केन्द्र, जनता समाजबादी पार्टी (जसपा), नेकपा समाजबादी र राष्ट्रिय जनमोर्चाले यस्तो निर्णय गरेका हुुन् ।

सबै पालिका र वडास्तरमा राजनीतीक संयन्त्र गठन गरी एक ढिक्का भएर स्थानीय तहको निर्वाचनमा लाग्ने निर्णय भएको नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले जानकारी दिए । संयन्त्रको नेतृत्व कांग्रेसले गर्ने समेत जिल्ला स्तरमा निर्णय भएको छ । गठबन्धनले बिस्तृत अध्यन र अनुुसन्धन गरी पार्टीको यथार्थ मतको आधारमा सिट बाँडफाँड गर्ने जनाएको छ ।

नेपाली काँग्रेस रुपन्देहीका सभापति खाँणका सभापतित्वमा भएको बैठकमा कांग्रेसका केन्द्रीय सदस्य अब्दुुल रज्जाक, नेकपा समाजबादीका केन्द्रीय सदस्य डा.बालकृष्ण चापागाई, नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य मकसुुद अली, सोनिया यादव, जनता समाजबादीका केन्द्रीय सदस्य देवेन्द्र पाण्डे सागर, जिल्ला अध्यक्ष रमाअवतार यादव, नेकपा माओबादीका जिल्ला अध्यक्ष निर्मल जिसी, नेकपा समाजबादीका जिल्ला अध्यक्ष राजुु गरुङ्ग, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष बद्रे आलम, नेपाली कांग्रेसका उपसभापति थानेश्वर घिमिरे, सचिव हरि काफ्ले लगायतको सहभागिता थियो ।