तिलोत्तमामा गठबन्धनद्वारा संयुक्त उम्मेदवार घोषणा गर्ने तयारी


तिलोत्तमा– चुनावलाई लक्षित गर्दै रुपन्देहीको तिलोत्तमा नगरपालिकामा क्रियाशील पाँच दलीय गठबन्धनले संयुक्त उम्मेदवार घोषणा गर्ने तयारी गरेका छन् ।
गठबन्धनको संयुक्त बैठक बसी उम्मेदवार घोषणाको तयारी गरेका हुन् । आसन्न स्थानीय चुनावमा केन्द्र र जिल्लाको निर्णयलाई आत्मसात गर्दै पाँच दलीय गठबन्धनले सबै समेटिने गरि संयुक्त घोषण पत्र बनाएर जाने निर्णय समेत गरेको छन् ।
तिलोत्तमा गठबन्धनले एमालेविरुद्ध एकजुट भएर जाने सर्वसम्मत निर्णय गरेको नेकपा माओवादी केन्द्र तिलोत्तमा नगरका प्रवक्ता अनिल चापागाईँले बताए । ‘हामीले संयुक्त उम्मेदवार बनाउने, घोषणा पत्र बनाउने निर्णय गरेका छौं’, उनले भने ।
विगतको निर्वाचनमा एमालेले जितेको तिलोत्तमा यस पटक एमालेलाई सहजै परास्त गर्न सकिने गठबन्धनको विश्लेषण छ । तिलोत्तमामा २०७४ को स्थानीय तह निर्वाचनमा एमालेका बासुदेव घिमिरे नगर प्रमुखमा निर्वाचित भएका थिए ।
प्रतिकृया दिनुहोस्